१३ असार २०८३ शनिबार | 27 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रतिनिधिसभाको बैठकमा रास्वपा र राप्रपाको अवरोध कायमै

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथै दुवै पार्टीका सांसदहरू उठेर अवरोध जनाउन थालेका हुन्।



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या ३४७
  • काठमाडौं, असार २५ — प्रतिनिधिसभाको बुधबारको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोधका बीच सुरु भएको छ।

    सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथै दुवै पार्टीका सांसदहरू उठेर अवरोध जनाउन थालेका हुन्।

    विरोधको क्रम जारी रहँदा सभामुख घिमिरेले रास्वपाकी सांसद सोविता गौतमलाई बोल्नका लागि समय दिएका छन्। हाल सांसद गौतम संसद्‍मा आफ्नो धारणा राखिरहेकी छन्।

    बैठकमा दुवै दलले अवरोधका कारण देखाउने विषय सार्वजनिक भइनसकेको भए पनि संसद्मा उनीहरूको आक्रोश प्रष्ट देखिएको छ। अवरोधकाबीच पनि बैठक सञ्चालन प्रयास भइरहेको छ।