२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गृहमन्त्री लेखकको प्रश्न: रवि लामिछाने भिजिट भिसामा अमेरिका गएका थिए कि होइन?



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३२६
  • काठमाडौँ, असार २५ – गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिकी भ्रमणबारे स्पष्ट पार्न माग गरेका छन्।

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले लामिछाने अमेरिकामा के प्रकारको भिसामा गएका थिए भन्ने विषयमा प्रश्न उठाएका हुन्।

    लेखकले भने, "माननीय रवि लामिछाने कुनै समय अमेरिकामा जानुभएको थियो भन्ने मैले सुनेको छु। उहाँ भिजिटरको रूपमा जानुभएको हो कि होइन भन्नेबारे जानकारी गराइयोस्। यदि होइन भने कुन किसिमको भिसा थियो भन्ने प्रस्ट पार्नुपर्छ।"

    साथै उनले भिजिट भिसामा गएका व्यक्तिले त्यही देशको नागरिकता लिन पाउँछन् कि पाउँदैनन् भन्ने जिज्ञासा पनि राखे। "भिजिट भिसाको दुरुपयोग गरेर कुनै देशको नागरिकता लिएर बस्न मिल्छ कि मिल्दैन? यस्तो कार्य गर्ने पार्टीका नेताले अरूलाई नैतिकताको पाठ पढाउन मिल्छ कि मिल्दैन?" भन्दै लेखकले रास्वपालाई लक्षित गर्दै व्यङ्ग्य पनि गरे।

    उनको भनाइ अनुसार, नैतिकताको अपेक्षा अरूबाट गर्नु अघि आत्मसमिक्षा आवश्यक हुन्छ। उनले रास्वपाका नेताहरूमाथि दुईहरफी नीति अपनाएको आरोप लगाउँदै भने, "नैतिकताको कुरा आफूबाट सुरु गर्नु उपयुक्त हुन्छ।"