१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओलीको चेतावनी: 'खेलकुद राजनीति गर्ने ठाउँ होइन'

"खेल राजनीतिका लागि होइन, विकासका लागि हो," ओलीले भने, "एनपीएल राष्ट्रिय गौरव हो, यसलाई सफल बनाउनुपर्छ।"



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या ३१६
  • काठमाडौं, असार २६ – प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा राजनीति नगर्न चेतावनी दिएका छन्।

    सातदोबाटोमा 'नेशनल हाइ परफमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्याब'को उद्घाटन कार्यक्रममा उनले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लक्षित गर्दै खेलको विकासमा ध्यान दिन आग्रह गरे।

    नेपाल प्रिमियर लिग (एनपीएल) सन्दर्भमा राखेप र क्यानबीचको विवाद बढिरहेका बेला मन्त्री चौधरीले अनुसन्धान टोली गठन गरी एनपीएल रोक्न निर्देशन दिएका थिए। प्रधानमन्त्री ओलीले सो निर्णयप्रति असन्तुष्टि जनाउँदै क्यानलाई तयारी अघि बढाउन भने।

    "खेल राजनीतिका लागि होइन, विकासका लागि हो," ओलीले भने, "एनपीएल राष्ट्रिय गौरव हो, यसलाई सफल बनाउनुपर्छ।"

    उनले पटक–पटक सारिएको राष्ट्रिय खेलकुद मंसिरमै गर्ने स्पष्ट गर्दै मिति फेरिन नदिने बताए। कीर्तिपुर रंगशाला विस्तार हुने भन्दै चिन्ता नगर्न क्रिकेट प्रेमीहरूलाई आग्रह गरे।