१३ असार २०८३ शनिबार | 27 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौं महानगरले २५ अर्बको बजेट आज सार्वजनिक गर्दै

बालेनले आज दिउँसो २ बजे नगरसभा डाकेका छन्, जहाँ आगामी वर्षको बजेट प्रस्तुत गरिनेछ।



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या ३८१
  • काठमाडौं, असार २९ - काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्बभन्दा बढीको बजेट आज सार्वजनिक गर्ने तयारी गरेको छ।

    मेयर बालेन्द्र शाह (बालेन)ले आज दिउँसो २ बजे नगरसभा डाकेका छन्, जहाँ आगामी वर्षको बजेट प्रस्तुत गरिनेछ। बजेट प्रस्तुत गर्नु अघि बिहान कार्यपालिका बैठक बस्ने कार्यक्रम तय गरिएको छ।

    गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याउने प्रस्ताव गरेका थिए। सोही प्रस्तावलाई आजको नगरसभामा औपचारिक रूपमा सार्वजनिक गरिने भएको हो।

    राजश्व परामर्श समितिले नै यही सीमा निर्धारण गरिसकेको छ। स्थानीय सरकारका लागि संविधानले असार १० भित्र बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको भए पनि काठमाडौं महानगरभित्र देखिएको आन्तरिक विवादका कारण बजेट ढिलो भएको हो।

    अब भने सबै तयारी पूरा भएको जनाइएको छ, र बजेटमार्फत आगामी वर्ष महानगरका विकास योजना, सेवा प्रवाह र पूर्वाधार विस्तारका प्राथमिकताहरू स्पष्ट हुने अपेक्षा गरिएको छ।