२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राजीनामा मात्रै पर्याप्त हैन अनुसन्धान गर्नुपर्छ : ज्ञानेन्द्र शाही

गुप्ताको राजीनामा मात्रै पर्याप्त नभएको भन्दै उनलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गरे।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ५४०
  • काठमाडौं, असार ३१ - भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले मंगलबारको प्रतिनिधिसभा बैठकमा तीव्र विरोध जनाएका छन्। बैठक सुरु भएलगत्तै दुबै दलका सांसदहरू उठेर विरोधमा उभिएका थिए।

    सांसदहरूको निरन्तर दबाबबीच सभामुख देवराज घिमिरेले रास्वपाका सांसद शिव नेपालीलाई बोल्न समय दिएका थिए। नेपालीले भिजिट भिसा काण्डमा संलग्न गृहमन्त्रीको नैतिक जिम्मेवारी नदेखिएको आरोप लगाउँदै छानबिन समिति नबनाएसम्म आन्दोलन नरोकिने चेतावनी दिए। उनले सरकार गठन गरेको समितिमार्फत दोषीलाई जोगाउने प्रयास भइरहेको टिप्पणी पनि गरे।

    त्यसैगरी, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको राजीनामा मात्रै पर्याप्त नभएको भन्दै उनलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गरे। उनले प्रधानमन्त्रीको नेतृत्वको क्याबिनेटले भ्रष्टाचारलाई संरक्षण गरिरहेको आरोप लगाए।

    शाहीको भनाइपछि एमालेकी सचेतक सुनिता बरालले आपत्ति जनाउँदै प्रधानमन्त्रीमाथि लगाइएको आरोप तथ्यहीन भएको दाबी गरिन् र ती अभिव्यक्तिहरू संसद् रेकर्डबाट हटाउन माग गरिन् ।

    सभामुख घिमिरेले उठाइएका विषयवस्तु तथा नियमावलीसम्बन्धी विषयहरूमा आफ्नो ध्यान पुगेको बताए। यता, उच्चस्तरीय छानबिन समिति नबनिएसम्म सदन बहिष्कार गर्ने अडानमा रास्वपा र राप्रपा कायम रहेका छन्।