२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

तिहान्जेन सम्मेलनमा सहभागी हुँदै ओली, राष्ट्रपति सीसँग वार्ता तयारी



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १०६
  • काठमाडौं, साउन २९ – प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण अघि चीन प्रस्थान गर्ने भएका छन्। चार दिने औपचारिक भ्रमणअन्तर्गत उनी भदौ १४ गते चीन पुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

    ओलीको यस भ्रमणको मुख्य उद्देश्य सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुनु रहेको छ। सम्मेलन भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) चीनको तिहान्जेन शहरमा आयोजना हुँदैछ। यस अवसरमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भदौ १८ गते भेटवार्ता गर्ने तय भएको छ। साथै अन्य सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

    सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित एससीओ सदस्य राष्ट्रहरू—चीन, भारत, रसिया, काजकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, पाकिस्तान र इरानका शीर्ष नेताहरूको उपस्थिति रहनेछ।

    गत मंसिरमा चीनको औपचारिक भ्रमण गरेका ओलीले यस पटकको यात्रामा राजनीतिक तथा आर्थिक सहकार्यबारे उच्चस्तरीय छलफल गर्ने अपेक्षा गरिएको छ। चीन भ्रमण सम्पन्न गरी उनी भदौ ३१ (सेप्टेम्बर १६) मा भारत भ्रमणका लागि नयाँ दिल्ली जानेछन्।