१३ बैशाख २०८३ आईतबार | 26 Apr 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कुवेतमा हरितालिका तीज विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रम हुँदै अतिथि कलाकार प्रीती आले



  • सिमोन भट्टराई
  • ८ महिना अघि
  • पाठक संख्या ९६३
  • नेपालकुवेत सांस्कृतिक मञ्चले आगामी अगस्ट २९ शुक्रबारका दिन हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ जलिबस्थित अस्पायर इन्डियन स्कूलमा दिउँसो १२ बजेबाट सुरु हुने यस कार्यक्रमलाई भव्य बनाउन तयारी तीव्र पारिएको आयोजकले जनाएको छ।

    कार्यक्रमको मुख्य आकर्षण नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले रहनेछिन् आफ्ना चर्चित गीतसहित विशेष प्रस्तुति लिएर कुवेत आउन लागेकी आले प्रति यहाँको नेपाली समुदाय उत्साहित बनेको छ।

    यस महोत्सवमा कुवेतमै रहेका स्थानीय नेपाली कलाकारहरूले पनि विभिन्न सांगीतिक तथा प्रस्तुति दिने कार्यक्रम रहेको मञ्चले जनाएको छ। विविधता र मनोरञ्जनात्मक पक्षलाई अझ आकर्षक बनाउन विशेष तयारी पूरा भएको आयोजकहरूको भनाइ छ।

    मञ्चका अध्यक्ष गोबिन्द बरालका अनुसार हरेक वर्ष हरितालिका तीजलाई लक्षित गरी आयोजना हुँदै आएको यस कार्यक्रमले नेपाली समुदायलाई एउटै थलोमा एकत्रित गर्ने मात्र होइन नेपाली कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा समेत योगदान पुर्याउदै आएको छ।

    बरालले थप्दै भने, “यस्ता सांस्कृतिक कार्यक्रमहरूले वर्षभरि मेहनत र दुःखकष्टका बीच बिताइरहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई एक दिन भए पनि पीडा भुलाउने उत्कृष्ट अवसर प्रदान गर्छन् , साथै प्रवासमा आयोजना हुने यस्ता कार्यक्रमहरूले हाम्रो संस्कार–संस्कृति विश्व समुदायबीच परिचित गराउन महत्वपूर्ण भूमिका खेल्छ।”

    आयोजकले आगामी कार्यक्रम सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साझा उत्सव बन्ने विश्वास व्यक्त गरेको छ।

    हरितालिका तिज बिशेष सांगितिक कार्यक्रम-२०२५

    चर्चित लोकदोहोरी गायिका प्रिती आलेको

    साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती

    मितिः अगष्ट २९/२०२५ (शुक्रबार)

    समयः दिनको १२:०० बजे

    स्थानः अस्पाएर ईण्डियन सेन्टरल स्कुल, जिलिप कुवेत