२१ असार २०८३ आईतबार | 05 Jul 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

निर्वाचनको छायाँमा बसन्तपुरमा होली, भीड अघिल्ला वर्षभन्दा कम



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १८८
  • काठमाडौं, फागुन १८ — पहाडी क्षेत्रमा आज होली पर्व मनाइँदै गर्दा ऐतिहासिक बसन्तपुर दरबार क्षेत्र रंगले सजिएको छ। बिहानैदेखि युवायुवती, बालबालिका तथा विदेशी पर्यटकहरू एकअर्कामा अबिर दल्दै उत्सव मनाइरहेका छन्।

    हरेक वर्ष होलीका अवसरमा बसन्तपुर क्षेत्रमा उल्लेख्य भीड देखिने भए पनि यस वर्ष भने चहलपहल केही कम देखिएको छ। फागुन २१ गते तय भएको निर्वाचनका कारण धेरै नागरिक चुनावी गतिविधिमा केन्द्रित भएका छन्।

    प्रशासनले सम्भावित भीड व्यवस्थापनलाई ध्यानमा राख्दै ठूलो जमघट नगर्न र सुरक्षित रूपमा होली मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

    यद्यपि, उत्सवप्रेमीहरू भने बिहानैदेखि बसन्तपुर पुगेर रंग खेल्दै होलीको उमंग साटासाट गरिरहेका छन्।