६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

स्पोटीफाईमा सबैभन्दा बढी सुन्ने नेपाली कलाकार सिम्पल खरेल



  • अञ्जना ढकाल
  • ४ दिन अघि
  • पाठक संख्या ५७
  • काठमाडौं, भदौ २ — युट्युबपछि गायिका सिम्पल खरेलले विश्वव्यापी अडियो प्लेटफर्म स्पोटीफाईमा समेत नेपाली संगीत क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेकी छन्।

    स्पोटीफाईमा खरेललाई मासिक रुपमा १६ लाख २२ हजारभन्दा बढी श्रोताले सुन्ने गरेका छन्। यो संख्या नेपाली गायकहरू मध्ये सबैभन्दा बढी हो। लोकप्रिय गायक सुशान्त केसीलाई मासिक ७ लाख ६६ हजारले मात्र सुन्ने गरेका छन्, जसले गर्दा खरेलको श्रोता संख्या करिब दोब्बर पुगेको छ।

    अन्य चर्चित कलाकारहरू मध्ये सज्जनराज वैद्यलाई ४ लाख, विपुल क्षेत्रीलाई १ लाख ६७ हजार, लिल झोलालाई १ लाख ३४ हजार, भिटेनलाई १ लाख १६ हजार र नवाज अन्सारीलाई १ लाख १३ हजार पटक मासिकरुपमा सुन्ने गरिएको तथ्यांक छ।

    खरेलको भजन गीत ‘राधा रानी लगे’ युट्युबमा २३ करोडभन्दा बढी पटक सुन्ने नेपाली गीत बनेको छ। त्यसैगरी स्पोटीफाईमा उनका ‘श्रीकृष्ण गोविन्द हरे मुरारी’ गीत २ करोड ३१ लाखभन्दा धेरै पटक सुन्ने गरिएको छ।

    श्रोतामाझ भजन गायिकाको रूपमा परिचित सिम्पलका गीतहरू विशेषगरी नेपाल र भारतमा रहेका श्रोताले बढी रुचाउने गरेका छन्। नेपालीभाषी समुदायमा समेत उनका गीतले उच्च लोकप्रियता पाएको अनुमान गरिएको छ।