१२ फागुन २०८२ मंगलबार | 24 Feb 2026 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भ्रम नपार्न ओलीको आग्रह : भण्डारीले सदस्यता आफैं छोडेकी हुन्



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या २३४
  • काठमाडौं, भदौ ६ - प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खोसिएको भन्ने प्रचारलाई भ्रामक भनेका छन्।

    शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले भण्डारीले राष्ट्रपति बन्नुअघि स्वेच्छाले सदस्यता छोडेकै कारण त्यसलाई नवीकरण गर्न नसकिने स्पष्ट पारे।

    ओलीले भने, “कसैको सदस्यता खोसिएको छैन, खोस्नुपर्ने आवश्यकता पनि छैन। छाडिएको सदस्यता नवीकरण हुँदैन, रहेको मात्र नवीकरण हुन्छ।”

    उनले भण्डारी अहिले असन्तुष्ट समूहसँग भेला भइरहेको भन्दै आलोचना गरे। पार्टी एकताको सट्टा विवाद बढाउने गतिविधि भइरहेको उनको भनाइ थियो।

    ओलीका अनुसार, भण्डारीजस्तो दुई पटकसम्म राष्ट्रपतिमा पुगेको नेताबाट यस्तो व्यवहार हुने अपेक्षा गर्न नसक्ने अवस्था आएको छ।