काठमाडौं, भदौ २० - दशैं–तिहार घरमा परिवारसँग मनाउन चाहने नेपाली श्रमिक महँगो हवाई टिकटका कारण ठुलो समस्यामा परेका छन् । मलेसिया, कुवेत, साउदी अरब र कतारलगायत देशबाट नेपाल आउने टिकट सामान्य भन्दादोब्बर–तेब्बर बढेको गुनासो उनीहरूको छ ।
कतिपयले एक महिनाअघि ४०–५० हजार रुपैयाँमै टिकट काट्न सके पनि अहिले ८९ हजारदेखि डेढ लाख रुपैयाँसम्म तिर्न बाध्य भएका छन् । कतिपय श्रमिकका अनुसार दुई महिनाको तलब बराबर खर्च टिकटमै जाने भएकाले परिवारलाई खर्च पठाउन समेत कठिनाइ भएको छ ।
श्रमिकहरूले वायुसेवा कम्पनीले ‘डिमान्ड बढी’ भन्दै मनपरी भाडा असुल्ने गरेको र नियामक निकाय मौन बसिरहेको आरोप लगाएका छन् । उनीहरूले चाडपर्व लक्षित ‘विशेष उडान’ सञ्चालन गरी सस्तो टिकट उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस