१३ बैशाख २०८३ आईतबार | 26 Apr 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

युवा शक्ति कुवेतको प्रथम ऐतिहासिक अधिवेशन 14 नोवेम्बरमा



  • सिमोन भट्टराई
  • ६ महिना अघि
  • पाठक संख्या ८१७
  • कुवेत सिटी - सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौँ भन्ने सकारात्मक नारासहित गठन भएको युवा शक्ति कुवेतले आगामी नोभेम्बर १४, २०२५ मा ‘युवा शक्ति अधिवेशन’ भव्य रूपमा गर्ने भएको छ।

    संयोजकका अनुसार, अधिवेशनले प्रवासी नेपाली युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व, एकताको सन्देश, र देशप्रतिको कर्तव्यबोधलाई सशक्त रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ।

    यसअघि नै रक्तदानजस्ता सामाजिक अभियानहरू सञ्चालन गर्दै समाजमा उदाहरणीय भूमिका निर्वाह गरिसकेको युवा शक्ति कुवेतले अबको अधिवेशनमार्फत आफ्नो संगठनात्मक कार्यशैलीलाई सुदृढ गर्दै भावी योजनाहरूलाई स्पष्ट दिशातर्फ लैजाने तयारी गरेको जनाएको छ।

    संस्थाका प्रतिनिधिहरूका अनुसार, युवा शक्ति कुवेतले विगतदेखि नै श्रम शोषणमा परेका र कानुनी सहयोग आवश्यक परेका नेपाली कामदारहरूको हकहितमा दूतावाससँग समन्वय गर्दै कार्य गर्दै आएको छ।
    अधिवेशनमार्फत यस अभियानलाई अझ संवद्ध, औपचारिक र दीर्घकालीन बनाउने लक्ष्य राखिएको छ।

    युवा शक्ति कुवेतले अधिवेशनपछि पनि आम नेपाली श्रमिक दाजुभाइ र दिदीबहिनीहरूको समस्या आफ्नै समस्या ठानेर समाधानका लागि निष्ठापूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    कार्यक्रम कुवेतको फर्वानियास्थित शेफ सिग्नेचर रेस्टुरेन्टको सभाहलमा आयोजना हुनेछ, जहाँ कुवेतभरिका विभिन्न क्षेत्रका नेपाली युवाहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ।

    अधिवेशनमा नयाँ कार्यसमिति चयन, संगठनात्मक प्रतिवेदन प्रस्तुत, सांस्कृतिक कार्यक्रमहरू, र युवासम्बन्धी विविध विषयमा छलफल समेत हुने भएको छ।
    आयोजक समितिका अनुसार, तयारीको अन्तिम चरणमा पुगिसकेको र कार्यक्रमलाई ऐतिहासिक र प्रेरणादायी बनाउने लक्ष्य राखिएको छ।

    कार्यक्रमकाे विवरण:-

    मिति: नोभेम्बर १४, २०२५
    स्थान: शेफ सिक्नेचर रेस्टुरेन्ट फर्वानिया
    समय: बिहान ११ बजे
    सम्पर्क: 51080935 / 97815771/ 69970058