१२ फागुन २०८२ मंगलबार | 24 Feb 2026 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भिजिट भिसामा विदेश जान सजिलो : सरकारले परिमार्जन गर्‍यो नयाँ मापदण्ड



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १९५
  • काठमाडौं, कार्तिक १४ - भिजिट भिसामा विदेश जान चाहने नेपालीका लागि अब प्रक्रिया सहज हुने भएको छ। सरकारले नयाँ मापदण्ड लागू गर्दै आवश्यक कागजात र सर्तहरू परिमार्जन गरेको छ।

    अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार, अब भिजिट भिसाका यात्रुहरूले तीन कागजात र चार सर्तहरू पूरा गरेपछि सजिलै विदेश जान सक्नेछन्।

    परिमार्जित नियमअनुसार यात्रुसँग कम्तीमा ६ महिनासम्म वैध राहदानी हुनुपर्नेछ। त्यस्तै, सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा) वा अन–अराइभल भिसा हुने देशमा त्यसको आवश्यकता नहुने विभागले जनाएको छ। साथै, यात्रुहरूले हवाई टिकट, आवश्यक समर्थन कागजात र यात्रा सम्बन्धी स्वघोषणा बुझाउनुपर्नेछ — जसमा यात्राको सम्पूर्ण जिम्मेवारी स्वयंले लिनुपर्ने उल्लेख हुनेछ।

    विभागले यसअघि लागू गरिएको ६ बुँदे मापदण्ड व्यवहारिक नभएको भन्दै सुधार गरिएको जनाएको छ। नयाँ व्यवस्थाले यात्रुहरूलाई अनावश्यक झन्झट र थप खर्चबाट मुक्त गर्ने विश्वास विभागले गरेको छ।

    नयाँ नियम शुक्रबारदेखि नै लागू भएको छ।