२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एकैदिन २३ हजारभन्दा बढी नयाँ मतदाता दर्ता, आयोगले ल्यायो दुई सिफ्ट सेवा प्रणाली



  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या २८८
  • काठमाडौं, कात्तिक २६ - निर्वाचन आयोगले मतदाता नामावली दर्ता अभियानमा एकैदिन २३ हजार ६ सय ३८ नयाँ मतदाता थपिएको जानकारी दिएको छ। योसँगै असोज १० गतेदेखि मंगलबारसम्म कुल २ लाख ९ हजार ५५२ जनाले आफ्नो नाम मतदाता सूचीमा दर्ता गराएका छन्।

    मंगलबार मात्रै दर्ता भएका नयाँ मतदातामध्ये १३ हजार ६६ जना पुरुष, १० हजार ५६७ जना महिला र ५ जना अन्य लिङ्गका रहेको आयोगले जनाएको छ।

    आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, मतदाता दर्ता केन्द्रहरूमा देखिएको अत्यधिक भीड व्यवस्थापन गर्न नयाँ व्यवस्था लागू गरिएको छ। अब दैनिक ८०० भन्दा बढी नाम दर्ता हुने जिल्लाहरूमा दुई सिफ्टमा—प्रत्येक ६–६ घण्टाको दरले—१२ घण्टासम्म सेवा उपलब्ध हुनेछ।

    आयोगले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा सेवाको सहजता बढाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमार्फत थप १४ जना दर्ता कर्मचारी खटाउने निर्णय पनि गरेको छ।

    त्यस्तै, अन्य जिल्लाहरूमा सेवाग्राहीको चाप हेरेर प्रमुख जिल्ला अधिकारीमार्फत थप जनशक्ति खटाउन गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगले जनाएको छ।

    आयोगको भनाइअनुसार, पछिल्लो समय मतदाता सूचीमा नाम दर्ता गराउनेहरूको संख्या तीव्र गतिमा बढ्दै गएको छ, जसले आगामी निर्वाचनप्रतिको जनचासो पनि बढ्दो देखिएको संकेत गरेको छ।