१२ बैशाख २०८३ शनिबार | 25 Apr 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व : अध्यक्षमा विशाल डल्लाकोटी



  • सिमोन भट्टराई
  • ५ महिना अघि
  • पाठक संख्या ५८१
  • कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतले आफ्नो प्रथम अधिवेशन भव्य रुपमा सम्पन्न गरेको छ अधिवेशन युवा शक्ति कुवेतका अध्यक्ष महेस लामाको सभापतित्वमा सम्पन्न भएको थियो।

    कार्यक्रममा नेपाली दूतावास कुवेतका द्वितीय सचिव शिव बानियाँ प्रमुख अतिथिका रूपमा उपस्थित थिए साथै, भातृ–संगठनका प्रतिनिधि, मिडियाकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो आयोजकका अनुसार, यसपटक केही संघ–संस्थाको उपस्थिति भने अपेक्षाकृत न्यून देखिएको थियो कार्यक्रमको सुरुवात राष्ट्रिय गान, दिप प्रज्वलन र केक काटेर गरिएको थियो कार्यक्रमको सञ्चालन हरी बानियाँले गरेका थिए भने युवा शक्ति कुवेतका सचिव मदन चापागाईले स्वागत मन्तव्य दिएका थिए।

    स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली चेलीहरूको सामूहिक नृत्यले (सुस्मा नेपाल भण्डारी , पुजा तामाङ , गोमा श्रेष्ठ, पुनम राई, रुबि  यादव , टेरेसा तामाङ , मोति तामाङ ) कार्यक्रमलाई झनै आकर्षक बनाएको थियो र  त्यस्तै अर्को उत्कृष्ट नाच थियो सुष्मा नेपाल भण्डारी  र पूजा तामाङको रहेको थियो भने कुवेत  पन्चेबाजाले पनि उत्कृष्ट  नृत्य बाज बजाएर मनोरञ्जन दिएको यस्तो बिभिन्न सांस्कृतिक प्रस्तुति पनि रहेका थिए।

    संस्थाका सल्लाहकार विजय खत्रीले युवा शक्ति कुवेतको पृष्ठभूमि, उद्देश्य र भावी योजनाबारे विस्तृत विवरण प्रस्तुत गरे भने भातृ–संगठन तथा विभिन्न संघ–संस्था प्रतिनिधिहरूले शुभकामना व्यक्त गर्दै संगठनलाई अझ प्रभावकारी बनाउन आवश्यक सुझावहरू पनि दिए।

    प्रमुख अतिथि द्वितीय सचिव शिव बानियाँले विदेशमा रहेका युवाहरूको ऐक्यबद्धता, नेतृत्व क्षमता र सकारात्मक गतिविधिले प्रवासी नेपाली समुदायलाई थप सशक्त बनाउन सहयोग पुर्‍याउने उल्लेख गरेका थिए।

    कार्यक्रम बिहान ११ बजे सुरु गर्ने भनिए पनि करिब २ घण्टा ढिलाइपछि मात्र सुरु भएको थियो। यद्यपि, यो कार्यक्रम कुवेतमा भइरहेका सामान्य कार्यक्रमभन्दा फरक अनुभूति दिने नयाँ पहिचानसहित सम्पन्न भएको आयोजकको भनाइ छ साथै, प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य अतिथिहरूलाई ताजा फूलको गुच्छाबाट स्वागत गरिएको थियो। आयोजकका अनुसार, अतिथि सम्मानलाई अझ सभ्य, सरल र आधुनिक ढंगले प्रस्तुत गर्ने उद्देश्यले ताजा फूलमार्फत स्वागत गर्ने नयाँ सांस्कृतिक अभ्यास सुरु गरिएको हो।
    कार्यक्रमका मुख्य प्रायोजकमा हिमालयन रेस्टुरेन्ट हाउस कुवेत रहेका थियो।

    कुवेतमा नेपाली स्वाद , सांस्कृतिक पहिचान, प्रामाणिक स्वाद र उत्कृष्ट सेवा प्रदर्शित गर्दै ‘हिमालयन हाउस’ आज कुवेतमा नेपाली समुदायको गौरवको रूपमा स्थापित छ।

    यदि तपाईंले अझै ‘हिमालयन हाउस’को सेवा सुविधा अनुभव गर्नुभएको छैन भने, एकपल्ट सेवा लिने र यसको स्वाद र गुणस्तरको अनुभव लिनुहोस्।

    अर्को प्रायोजक अल्मुला एक्सचेन्ज - अब 110+ शाखा, कियोस्क र मोबाइल एपमार्फत कुवेतकै जुनसुकै ठाउँबाट सजिलै पैसा पठाउन सकिन्छ सजिलो प्रयोग, छिटो सेवा, सुरक्षित ट्रान्ज्याक्सन
    नेपालमा नाममा पठाएको पैसा बैंक वा मोबाइल वालेट जस्तै eSewa, Khalti—मा तुरुन्तै प्राप्त
    नेपालमै सजिलै झिक्न सकिने सुविधा ५० हजारभन्दा माथिको भुक्तानी सुविधा समेत उपलब्ध नेपाली स्टाफको सहज सहयोग

    लाखौँ ग्राहकले भरोसा गरेको, कुवेतकै नं.१ रेमिट एप अल मुल्ला एक्सचेन्ज छिटो, पारदर्शी र सुरक्षित  आजै डाउनलोड गर्नुहोस्!
    डाउनलोड ???? http://onelink.to/almullaexc
    सहयोगका लागि सम्पर्क: सञ्जीव पौडेल – 50834419

    नवगठित कार्यसमिति पदाधिकारी
    अध्यक्ष: विशाल डल्लाकोटी
    उपाध्यक्ष (महिला): रुबी महर्जन
    उपाध्यक्ष: मदन चम्लागाई
    सचिव: नरेन्द्र  दोङ
    सह–सचिव: मेनु गौतम
    कोषाध्यक्ष: रञ्जित पञ्जियार
    सह–कोषाध्यक्ष: सुश्मा नेपाल भण्डारी
    प्रवक्ता: वासुदेव धमला


    युवा संयोजक
    अर्जुन ठकुरी
    नवराज बी.के.
    करन राई

    सोमलाल तामाङ
    महिला संयोजक
    माया लामा
    विष्णु विश्वकर्मा


    सदस्यहरू
    १) राम प्रसाद भट्टराई
    २) विकास खत्री
    ३) कृष्ण खड्का
    ४) प्रेम मगराती
    ५) दिपक शाही
    ६) सुरज थापा
    ७) कृष्ण चौधरी
    ८) नविन रोक्का
    ९) बुहुमान तामाङ
    १०) आकाश विश्वकर्मा
    ११) सन्तोष परदेशी
    १२) विक्रम बोहोरा