१२ बैशाख २०८३ शनिबार | 25 Apr 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कांग्रेसले काठमाडौं–४ मा गगन थापालाई पुनः अगाडि सार्‍यो



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १०९
  • काठमाडौँ, मंसिर २४ - नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा चुनावका लागि काठमाडौं–४ बाट महामन्त्री गगन थापा नै उपयुक्त उम्मेदवार ठहर गरेपछि बुधबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले उनको नाम एकल रूपमा सिफारिस गरेको छ।

    क्षेत्रीय सभापति श्यामकृष्ण संगतका अनुसार प्रत्यक्षतर्फ थापाको नाममा कुनै अन्य प्रस्ताव नआएपछि सर्वसम्मत निर्णय भयो। “सबै सदस्यको सहमतिसहित थापालाई नै उम्मेदवार बनाउने निष्कर्षमा पुगेका छौँ,” उनले बताए।

    यसै क्रममा समानुपातिकतर्फका लागि राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्माको नाम सिफारिस गरिएको छ।

    थापाको नाम यसअघि रोल्पा, सर्लाही–४ र धनकुटा क्षेत्रबाट पनि पठाइएको छ। तीन पटक प्रत्यक्ष निर्वाचित भइसकेका थापा २०६४ मा भने समानुपातिकतर्फबाट संविधानसभामा प्रवेश गरेका थिए।

    काठमाडौं–४ मा पुनः थापा एकल सिफारिस भएपछि कांग्रेसको चुनावी तयारी तीव्र बन्दै गएको छ।