कुवेत - कुवेतको खैतानस्थित राजधानी होटलमा यात्री समाज कुवेतको दोस्रो वार्षिक उत्सव तथा प्रथम अधिवेशन उत्साहपूर्ण परिवेशमा सम्पन्न भएको छ। कार्यक्रम समाजका अध्यक्ष राजु धमलाको सभापतित्वमा र नेपाली दूतावास कुवेतका महामहिम घनश्याम लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, एनआरएन पदाधिकारी, पत्रकार महासंघ कुवेतका अध्यक्ष, मिडियाकर्मी तथा कुवेतमा क्रियाशील अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम केही ढिलो शुरु भए पनि प्रभावपूर्ण ढङ्गले सम्पन्न भयो। सामान्यतया कुवेतमा शुक्रवार कार्यक्रम गर्ने चलन भए पनि यात्री समाज कुवेतले यसपटक मंगलबार नै आयोजना भएको कार्यक्रम दिउँसो ३ बजेदेखि सुरु गर्ने भनिए पनि वास्तविक सुरुवात साँझ ६ बजेपछि मात्र गरिएको थियो। कार्यक्रमको संचालन महासचिव सुमित पोखरेलले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष किरण बराइलीले प्रस्तुत गरेका थिए।
कार्यक्रमको औपचारिक सुरुवात राष्ट्रिय गान, दिप प्रज्वलन तथा केक काट्ने समारोहबाट गरिएको थियो। संगीतले भरिएको रमाइलो वातावरणले हललाई अझै उत्साहित बनाएकाे थियो। यात्री समाज कुवेतले वर्षभरि सम्पन्न गरेका सामाजिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको विस्तृत प्रतिवेदन महासचिव सुमित पोखरेलले प्रस्तुत गरे।
यस्तै, प्रोजेक्टरमार्फत संस्थाले हालसम्म सञ्चालन गरेका विभिन्न गतिविधिहरूको भिडियो क्लिप पनि प्रदर्शित गरिएको थियो, जसले उपस्थित सबैलाई संस्थाको उद्देश्य, योजनाहरू र गतिविधिबारे थप स्पष्ट जानकारी प्रदान गर्यो। कार्यक्रममा सहभागी अतिथिहरूका लागि विशेष भोजनको व्यवस्थासहित अधिवेशन सफलतापूर्वक सम्पन्न भयो।
यात्री समाज कुवेत नवगठित कार्यसमिति
संरक्षक: गणेश कार्की
अध्यक्ष: राजु धमला
वरिष्ठ उपाध्यक्ष: किरण बराइली
उपाध्यक्षहरू:
टिकराम उप्रेती
भरत मणि घर्ती मगर
सन्तोषी राई
महासचिव: सुमित पोखरेल
उप–महासचिव: ऐसा गौतम
सचिव: मनबहादुर क्षेत्री
सह–सचिव: प्रविन विश्वकर्मा
कोषाध्यक्ष: सन्दिप मिजार
सह–कोषाध्यक्ष: लक्ष्मी जी.सी
पुरुष युवा संयोजक: प्रकाश सेन
पुरुष युवा सह–संयोजक: शमशेर आले मगर
महिला युवा संयोजक: रिया क्षेत्री
महिला सह–संयोजक: लीला भण्डारी
सदस्य:
सीताराम भट्टराई
अनिज परियार
किरण राई
सागर सिंह स्याङतान
त्रिलोचन पौडेल
सुनिता लामा
प्रतिक्षा गुरुङ
मधुसुदन क्षेत्री
प्रतिक्रिया दिनुहोस