१२ बैशाख २०८३ शनिबार | 25 Apr 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सहमतिकै आधारमा विशेष महाधिवेशन आवश्यक छ : डा. शेखर कोइराला



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १४३
  • काठमाडौँ, पुस २२ - नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन केन्द्रीय समितिको सहमतिमा आह्वान हुनुपर्ने बताएका छन्।

    मंगलबार बिहान विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा पुगेका संस्थापन पक्षका करिब ३० केन्द्रीय सदस्यसँगको भेटमा उनले माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुने धारणा राखे।

    डा. कोइरालाका अनुसार राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार चयनको प्रक्रिया टुंग्याएपछि मात्र विशेष महाधिवेशनतर्फ जानु पार्टीका लागि हितकर हुन्छ। त्यसो गर्दा मनोनयनसम्बन्धी सबै प्रक्रिया पूरा हुने र पार्टीभित्र एकताको सन्देश जाने उनको भनाइ थियो।

    उनले सबै पक्षको भावना समेटिने गरी केन्द्रीय समितिले विशेष महाधिवेशनको निर्णय गर्न सके त्यो सबैका लागि स्वीकार्य हुने बताए। आफू पनि सहमतिका आधारमा समाधान खोज्न निरन्तर प्रयासरत रहेको उनले उल्लेख गरे।

    भेटका क्रममा केन्द्रीय सदस्य पुष्पा भुसालले पार्टीभित्र देखिएको विवाद समाधानका लागि आफूहरू शीर्ष नेताहरूसँग निरन्तर संवादमा रहेको जानकारी गराइन्। कुनै गुट–उपगुटको प्रतिनिधित्व नगरी पार्टीको हितका लागि पहल गरिरहेको बताउँदै उनले मध्यमार्गी समाधान खोज्न डा. कोइरालासँग आग्रह गरिन्।

    भेटमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी, आङगेलु शेर्पालगायत नेताहरू सहभागी थिए।