काठमाडौं, फागुन २१ - जारी निर्वाचनअन्तर्गत बिहान ११ बजेसम्म देशभर कुल १०.१८ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका अनुसार बिहान ११ बजेसम्म १९ लाख २३ हजार ८२४ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभरका मतदान केन्द्रबाट प्राप्त विवरणअनुसार उक्त संख्यामा मत खसेको जानकारी दिएका हुन्। उनका अनुसार यो कुल मतदाताको १०.१८ प्रतिशत हो।
यस निर्वाचनमा देशभर एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन्। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला तथा २०० जना अन्य मतदाता रहेका आयोगले जनाएको छ।
देशभरका मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उपस्थिति देखिएको छ भने मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी रहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस