१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सिराहामा ६ घण्टामा करिब ५० प्रतिशत मत खस्यो



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १४६
  • सिराहा, फागुन २१ - प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिराहामा बिहान ७ बजेदेखि सुरु भएको मतदान ६ घण्टामा करिब ५० प्रतिशत पुगेको छ।

    निर्वाचन कार्यालय सिराहाका प्रमुख राजन श्रीवास्तवका अनुसार दिउँसो १ बजेसम्म जिल्लाभर ४५–५० प्रतिशत मतदाता मतदानका लागि उपस्थित भएका छन्। मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ भने मतदाताको उत्साह पनि उल्लेखनीय छ।

    सिराहामा कुल ४ लाख ५३ हजार ६५४ मतदाता रहेका छन् र जिल्लाभर ५३१ मतदान केन्द्र तोकिएका छन्। मतदान सुरु भएको पहिलो समयमा नै मतदाताले सहज मतदान भएको अनुभव गरिरहेका छन्।

    निर्वाचन क्षेत्र अनुसार मतदाता विवरण यस प्रकार छ:

    निर्वाचन क्षेत्र नं–१: १ लाख ११ हजार ९४९ मतदाता (५८,८५५ पुरुष, ५३,०९४ महिला), १३० मतदान केन्द्र।

    निर्वाचन क्षेत्र नं–२: १ लाख १५ हजार ७६० मतदाता (६२,६५२ पुरुष, ५३,१०६ महिला, २ अन्य), १३६ मतदान केन्द्र।

    निर्वाचन क्षेत्र नं–३: १ लाख १९ हजार २५० मतदाता (६३,३९१ पुरुष, ५५,८५९ महिला), १३६ मतदान केन्द्र।

    निर्वाचन क्षेत्र नं–४: १ लाख ६ हजार ६८६ मतदाता (५६,७१७ पुरुष, ४९,९६९ महिला), १२९ मतदान केन्द्र।

    सुरक्षाकर्मीको कडा व्यवस्था भएको मतदान केन्द्रहरूमा मतदाताले बिहानैदेखि उत्साहित भएर मतदान गरिरहेका छन्। यस वर्ष मतदान प्रक्रिया विगतको तुलनामा बढी सहज भएको मतदाताले बताएका छन्।