काठमाडौं, चैत १ - भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ।
जेनजी आन्दोलनको अग्रपंक्तिमा रहेकी रक्षा बमसहित नेतृत्वमा रहेका प्रदर्शनकारीहरूले आयोगको प्रतिवेदन अझै सार्वजनिक नभएको विषयमा सरकारसँग प्रश्न उठाएका छन्।
सरकारले यस आन्दोलनको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरेको थियो। उक्त समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भए तापनि जनतासामु प्रतिवेदन सार्वजनिक भएको छैन।
प्रदर्शनकारीहरूले देशका विभिन्न घटनाको छानबिनका लागि समिति बनाइने तर प्रतिवेदन सार्वजनिक नगरीकन मात्र सरकारलाई बुझाउने कार्यप्रणालीप्रति पनि असन्तोष व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस