४ असार २०८३ बिहिबार | 18 Jun 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आक्रामक शैलीमा अघि बढ्दै हर्क साम्पाङ, देशव्यापी प्रभाव विस्तार गर्ने रणनीति



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ७८
  • काठमाडौँ, वैशाख २१ - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पछिल्लो समय सरकारविरुद्ध सबैभन्दा सक्रिय र आक्रामक विपक्षी नेताका रूपमा देखिएका छन्। उनले प्रतिनिधिसभा बैठक तत्काल बोलाउनुपर्ने माग निरन्तर उठाइरहेका छन्।

    संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाइएको भन्दै उनले सरकारको कडा आलोचना गरेका छन्। यस्तो कदम लोकतान्त्रिक मूल्यविपरीत भएको उनको भनाइ छ।

    सुकुमवासी बस्तीमा भइरहेको डोजर अभियानविरुद्ध पनि साम्पाङ खुलेर उत्रिएका छन्। प्रभावित नागरिकको पक्षमा उभिँदै उनले सरकारलाई निर्णय फिर्ता लिन दबाब दिएका छन्।

    साम्पाङले भूमिहीनलाई विस्थापित गर्नुको सट्टा व्यवस्थापन गरी धनीपुर्जा वितरण गर्नुपर्ने सुझाव दिएका छन्। केही अभिव्यक्तिमा उनले जनतालाई प्रतिवादमा उत्रनसमेत आह्वान गरेका छन्।

    राष्ट्रियताको मुद्दामा पनि उनी सक्रिय छन्। एमसीसी र सीमा विवादजस्ता विषयमा सरकारसँग स्पष्ट धारणा माग्दै आएका छन्।

    सानो दल भए पनि श्रम संस्कृति पार्टीले आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको छ। देशभर श्रमदान कार्यक्रममार्फत जनतासँग जोडिँदै साम्पाङले आगामी चुनाव लक्षित गतिविधि बढाएका छन्।